थप ५७७ जनामा कोरोना पुष्टी, २६९ जना संक्रमण मुक्त

काठमाडौं, १३ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४७४ नमूनाको पीसीआरमा ३९१ र १८०८ नमूनाको एन्टिजेनमा १८६ जना गरी कूल ५७७ जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८५ हजार ८०८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २६९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६९ हजार ४८८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४३५६ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here