भारतले एक वर्षमा भित्रायो कीर्तिमानी ६३ खर्ब भारु प्रत्यक्ष विदेशी लगानी, कुन मुलुकबाट कति ?

नयाँ दिल्ली, १४ साउन । नेपालको छिमेकी मुलुक भारतले एक वर्षको अवधिमा कीर्तिमानी रकममा प्रत्यक्ष विदेशी मुद्रा भित्राउन सफल भएको छ । भारतीय वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको वित्त वर्ष २०२१–२२ को प्रतिवेदन अनुसार भारतले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्रामा प्रत्यक्ष विदेशी लगानी भित्राउन सफल भएको हो ।

पछिल्लो समय यूरोपमा रुस र युक्रेन युद्धले सो भेगमा लगानी प्रभावित बनेको छ । यसको फाइदा भारतले उठाएको देखिएको छ । भारतले यस वित्त वर्षमा ६३ खर्ब १० अर्ब ५० करोड भारु बराबरको एफडीआइ भित्राएको आंकडा सार्वजनिक भएको छ ।

रिर्पोट अनुसार सबैभन्दा धेरै लगानी भारतमा उत्पादन क्षेत्रमा आएको छ । यसको मतलव बहुराष्ट्रिय कम्पनीहरुले यो मुलुकमा उद्योग स्थापना गर्न धेरै लगानी गरेका छन् । उत्पादनशिल क्षेत्रमा १५ खर्ब ८३ अर्ब ३२ करोड भारु एफडीआइ आएको छ । त्यसो त उत्पादनसिल क्षेत्रमा कोभिड महामारीका वावजुत गत वर्ष ८ खर्ब ९७ अर्ब ६६ करोड भारु एफडीआई भारतले भित्राएको थियो ।

यस वर्ष भारतमा सबैभन्दा धेरै एफडीआई सिंगापुरबाट आएको छ । यस मुलुकबाट २७ प्रतिशत एफडीआई आएको विवरण सार्वजनिक भएको छ । दोस्रो नम्बरमा अमेरिका छ । यहाँबाट १८ प्रतिशत र तेस्रो स्थानमा मौरिसस रहेको छ । सो मुलुकबाट १६ प्रतिशत एफडीआई प्राप्त भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कम्प्यूटर सफ्टवेयर र हार्डवेयर कम्पनीहरु भारतमा अधिक मात्रामा आकर्षित भएका छन् ।

सरकारको लचिलो नीति बन्यो सहायक
भारतमा एफडीआई भित्राउन भारतको चलिलो कानून समेत कारण बनेको हो । सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीति लचिलो बनाउँदै विदेशी लगानीकर्तालाई आह्वान गरेको थियो । सरकारले बीमा सहित कतिपय क्षेत्रमा शतप्रतिशत वैदेशिक लगानी खुला गरेको छ । उत्पादनशिल क्षेत्रमा समेत प्रक्रियालाई द्रुतमार्गका रुपमा छोट्याएर लगानी आकर्षित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here