काभ्रेस्थली घटना: आर्थिक पाटोदेखि एकले अर्कोलाई सम्बन्धमा गरेको शंकाले परिवार नै सकियो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत भेटिएका छन् ।

प्रहरीका अनुसार चारै जनाको शव घरभित्र फेला पारेको हो । एकै परिवारका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको विभत्स तरिकाले हत्या भएको प्रहरीले जनाएको छ।

गोरखा भीमसेन गाउँपालिका-६ बोर्लाङ नारनपुर स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका थिए । प्रहरीको अनुसार, ‘श्रीमती र दुई बच्चाको शव एउटा कोठामा भयावह अवस्था छ। श्रीमानको शव अर्को कोठामा देखिन्छ।

त्यसैले श्रीमती र बच्चासहितको हत्या गरेर आफूले आत्महत्या गरेको देखिएको छ । साथै सुसाइट नोट पनि फेला परेको छ । त्यसमा के लेखिएको भनेर खुलाईएको छैन् ।

श्रीमती दुई दिनपछि (वेलायत) युके जाने तयारीमा रहेको स्थानीयहरूले बताएका छन् । माइतीको सहयोगमा उनि बेलायत जान लागेकी थिइन् । पति दिनेश पाण्डेसँग घर झगडा बढ्दै गएपछि माइतीले नै उनलाई बेलायत पठाउन लागेका थिए।

स्थानीयका अनुसार दिनेशले नजिकैको चोकमा बिजुली पसल चलाउने गर्थे । पसल घाटामा गएपछि केहि समयअघि बेचेका थिए । दिनेश ४ वर्षअघि कुवेत बसेर नेपाल फर्किएका थिए । उनी १२ वर्ष कुवेत बसेर तारकेश्वरमा घर बनाएका थिए ।

घरजग्गा सबै श्रीमतीको नाममा रहेछ। विवादबीच श्रीमानले तारकेश्वरको घर बेच्न साढे १० लाख रुपैयाँ बैना पनि गरेका रहेछन् ।

तर श्रीमानले बेच्न लागेको घरको बैना श्रीमतीले फिर्ता गराएपछि दुईजनाबीच झनै कलह चुलिएको थियो। घरेलु झगडाकै कारण यसअघि दुईपटक प्रहरीसम्म उनीहरू पुगेका थिए। घरेलु झगडाकै कारण सम्बन्धविच्छेदका लागि उनीहरु २ पटक प्रहरीसम्म पनि पुगेका थिए।

उनीहरूको छोराछोरी विद्यालय जाने बेलामा पनि बाहिर ननिस्केपछि स्थानीयले ढोका फोडेर हेरेका थिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र थप रहस्य खुल्न बाँकी रहेको जनाइएको छ।

हत्यामा निष्पक्ष छानबिनको माग गर्दै माइतीपक्ष विरोधमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here