महिला लघुवित्तको नाफा ६१.४३ प्रतिशत वृद्धि, प्रतिसेयर आम्दानी १०१.७६ रुपैयाँ

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ६१.४३ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै पौने ६ करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ९ करोड २९लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बद्दा र खराब कर्जा असुली गर्दा खुद नाफामा वृद्धि भएको हो ।यद्यपि, संचालन मुनाफा भने घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.९० प्रतिशतले बढेर २७ करोड ८७ लाख र संचालन मुनाफा १८.७६ प्रतिशतले घटेर ८ करोड ६१ लाखमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले १ अर्ब ३४ करोड करोड निक्षेप संकलन र २ अर्ब ७७ करोड सापटी लिइ कुल ४ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ । हाल १४ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २९ करोड ८३ लाख रुपैयाँ संचित रहेको छ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ८.७८ रुपैयाँले बढेर १०१.७६ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ ३०२.२६ रुपैयाँ, खराब कर्जा १.९१ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.७९ गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here