मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड हुँदै

काठमाडौं, १७ साउन । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओ मंगलवार बाँडफाँड हुने भएको छ ।

बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडको कार्यालय काठमाडौंको नारायणचौरमा अपराह्न ४ बजे आइपीओ बाँडफाँड हुन लागेको हो ।

सीडीएस एन्ड क्लियरिङका अनुसार उक्त आइपीओमा १६.५३ गुणा बढी आवेदन परेको थियो ।

आवेदन दिने अन्तिम दिनसम्म कम्पनीको आईपीओमा १६ लाख १० हजार ९२६ आवेदकबाट एक अर्ब ८० करोड ८१ लाख १८ हजार रुपैयाँबराबरको एक करोड ८० लाख ८१ हजार १८० कित्ता सेयरका लागि आवेदन परेको थियो ।

जसको कारण आइपीओ गोलापर्थाबाट बाँडफाँड हुनेछ । कम्पनीले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि १०० रुपैयाँअंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँबराबरको ११ लाख ७६ हजार ७३ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here