‘फाइभजी’ फ्रिक्वेन्सीमा भारतीय सेवा प्रदायकले खर्चिए २४ खर्ब, जिओले मार्‍यो बाजी

काठमाडौं । भारतमा सात दिनसम्म चलेको फाइभजी फ्रिक्वेन्सीको अक्सनमा सेवा प्रदायकले १५ करोड भारु खर्च गरेका छन् ।

सोमबार सम्पन्न अक्सनमा भारतीय अर्बपति मुकेश अम्बानीको टेलिकम कम्पनी जिओले मात्र ११ अर्ब डलर बराबरको फ्रिक्वेन्सी हात पारेको छ ।जिओले कुल २४ हजार ७४० मेगाहर्ज फ्रिक्वेन्सी जितेको हो ।

४० चरणमा भएको बोलकबोलमा एयरटेल, भोडाफोन आइडिया र अर्का अर्बपति गौतम अडानीको कम्पनी अडानी इन्टरप्राइजेज लिमिटेडलाई पछि पार्दै जिओले हात पारेको हो ।

एयरटेलले १९ हजार ८६७ दशमलव८ मेगाहर्ज, भोडाफोन इन्डियाले ६ हजार २२८ दशमलव ४ र अडानीको कम्पनी ४०० मेगाहर्ज फ्रिक्वेन्सी हात पारेका छन् ।

फाइजीमार्फत भारतमा हाल फोरजीमा उपलब्ध स्पिडको तुलनमा १० गुणा बढी मोबाइल इण्टरनेट उपलब्ध हुने जनाइएको छ ।

अक्सनमा ७००, ९००, १८००, २४००, २१०० मेगाहर्ज ब्याण्डमा कुल ७२ गिगाहर्ज फ्रिक्वेन्सी राखिएको थियो ।

भारतका दूरसञ्चार मन्त्री आश्विनी वैशनवका अनुसार टेलिकम अपरेटरहरुले बिक्रीमा राखिएको कुल ७२ गिगाहर्ज स्पेक्ट्रमको ७१ प्रतिशत खरिद गरेका छन् । त्यसमध्ये ७०० मेगाहर्जमा फाइजी फ्रिक्वेन्सी हात पार्ने जियो एउटा मात्रै कम्पनी बनेको छ ।

एयरटेलले पाँच अर्ब ४० करोड डलर र भोडाफोनले दुई अर्ब ४० करोड डलर मूल्य बराबरको फ्रिक्वेन्सी हात पारेका छन् । यता अडानीले जम्मा दुई करोड ७० लाख डलरको फ्रिक्वेन्सी खरिद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here