झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं, १७ साउन । शेयर बजारमा झिनो अंकको घटेको छ ।

कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २१७ कम्पनीको ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको ७८ लाख १३ हजार १०२ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । सोमवार ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ समूहमध्ये ६ वटा हरियो भएको छ भने अन्य घटेको छ । व्यापार समूह सबैभन्दा धेरै १.६९ प्रतिशतले बढेको छ भने अन्य समूह १.०४ प्रतिशतले घटेको छ ।

तीन कम्पनीको शेयरमूल्यमा पाजेटिभ सर्किट लागेको छ । बिन्ध्याबासिनी हाइड्रोपार डेभलपमेन्ट कम्पनी, साम्लिङ पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २९ करोड ३२ लाख भन्दा बढीको कारोबार भएको छ ।

हिमालयन डिस्टिलरीको ९ करोड ९५ लाख, फरवार्ड लघुवित्तको ९ करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here