‘इन्कग्निटो मोड’मा पोर्न हेर्नुहुन्छ भने सावधान ! फेसबुक र गुगलले गर्छन् निगरानी

काठमाडौं, ५ साउन । यदि तपाईं ‘इन्कग्निटो मोड’ अन गरेर पोर्न भिडियोहरु हेर्नु हुन्छ र यसरी पोर्न हेर्दा डाटा कतै सेभ हुँदैन र कसैले थाहा पाउँदेन भनेर ढुक्क हुनुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।

यसरी पोर्न फिल्म हेर्ने मानिसहरुलाई गुगल, फेसबुक तथा ओरेकल क्लाउड आदि साइटहरुले तपाईंलाई ट्रयाक गरिरहेका हुन्छन् ।

ल्यापटप तथा स्मार्ट फोनबाट ‘इन्कग्निटो मोड’ अन गर्दा तपाईंले हेरेका पोर्न फिल्महरुमा सावधानी ती साइटहरुले निगरानी गरिरहेका हुन्छन् ।

माइक्रोसफ्ट, कोनेर्गीमेलन विश्वविद्यालय तथा पेन्सिलभेनिया विश्वविद्यालयको एक संयुक्त अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो ।

अनुसन्धानका अनुसार ९३ प्रतिशत वेवसाइटहरु यस्ता छन् जसले प्रयोगकर्ताको तथ्यांक अन्य कुनै प्रकारको कम्पनीहरुलाई ट्रयाक गर्ने वा दिने गर्छन् ।

यसको लागि ‘वेवएक्सरे’ नामक एक उपकरणको सहयोगमा २२ हजार ४ सय ८४ वटा वेवसाइटहरुको अध्ययन गरिएको थियो ।

शोधकर्ताहरुले यसरी प्रयोगकर्ताको सूचना ट्रयाक गर्ने २ सय ३० कम्पनी तथा सेवाहरुको पहिचान गरे ।

‘यी साइटहरुमा भईरहेको ट्र्याकिङ प्रमुख कम्पनीहरुको लागि गरिएको हो’ उनीहरुले भने ‘गैर—पोर्नोग्राफी—विशिष्ट सेवाहरुमा गुगलले ७४ प्रतिशत साइटहरुको ट्याक गर्ने गर्छ । त्यस्तै ओरेकलले २४ प्रतिशत र फेसबुकले १० प्रतिशत साइटहरुको ट्रयाक गर्ने गर्दछ ।’

अध्ययनमा भनिएको छ, ‘यस्ता कम्पनीहरुमा पोर्नोग्राफीको सबैभन्दा ठुला १० कम्पनीहरु अमेरिकामा रहेको र प्राय सबै जस्तो पोर्नोग्राफीका साइट यूरोपमा छन् ।’

शोधकर्ता टीमले एउटा ‘ज्याक’ नामको काल्पनिक प्रोफाइल बनाए जसले ल्यापटपमा पोर्न हेर्ने निर्णय गर्छ । ज्याकले आफ्नो ब्राउजरमा इन्कग्निटो मोड अन सोच्छ उसको इन्टरनेटमा हुने क्रियाकलाप गोप्य छ ।

उसले सोच्छ गोपनीयताको नीति अनुरुप उसले प्रयोग गर्ने साइटले उसको व्यक्तिगत सूचना रक्षा गर्नेछ र उसले एउटा भिडियोमा क्लिक गर्छ ।

इंन्कग्निोटो मोडले ज्याकको ब्राउजिङ हिस्ट्री मात्रै उसको कम्प्युटरमा संग्रह हुँदैन तर, उ जुन साइटमा जान्छ, उसँग सम्बन्धीत अनलाइनका कामलाई थर्ड पार्टी ट्रयाकर्सले रेकर्ड गर्न सक्छ ।’

ज्याकबाट प्राप्त भएका सबै जानकारी अनुसार थर्ड पार्टीले ती साइटको माध्यमले उसको यौनइन्छाहरुको बारेमा पत्ता लगाउन सक्छ साथै उसले ज्याकसँग जोडिएका तथ्यांकलाई बेच्न पनि सक्छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here