थप ८१४ जनामा कोरोना पुष्टी, २९९ जना संक्रमण मुक्त

काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ८११ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६६२ नमूनाको पीसीआरमा ५०९ र २६५३ नमूनाको एन्टिजेनमा ३०५ जना गरी कूल ८१४ जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८७ हजार ७३७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७० हजार २२५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५१४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९६८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here