आत्मनिर्भरका लागि भूमिहिनलाई जमिन उपलव्ध गराउने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उदेश्यका साथ बजेट ल्याइएको बताएका छन ।

६९ औं भिमदत्त पन्त स्मृति दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सन लगाएतका योजनाहरु बजेटमार्फत ल्याइएको बताएका हुन ।

मन्त्री शर्माले देशको अर्थतन्त्रलाई सवलिकरण गर्न सवै पक्षबीच हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

अर्थमन्त्री शर्माले आजको राष्ट्रियता भनेको सवल र आत्म निर्भर अर्थतन्त्र भएको भन्दै उत्पादन क्षेत्रमा लाग्न आह्वान गरे ।

उनले आत्मनिर्भर हुनका लागि भूमिहिनहरुलाई जमिन उपलव्ध गराउने, पूँजी नहुनेहरुलाई पूँजी उपलव्ध गराउने, औजार नहुनेलाई औजार उपलव्ध गराउदै र श्रमिहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा मन्त्री शर्माले किसान सहिद परिवारलाई सम्मान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here