नेप्से घट्ने क्रम जारी, ११ लाख कित्ता शेयर कारोबार

५ साउन, काठमाडौं । नेप्से परिसूचक घट्ने क्रम जारी रहेको छ । आइतवार नेप्से परिसूचक ३.७५ अंकले घटेर १ हजार २ सय ६८.७४ अंकमा झरेको छ । जुन कारोबार भएको दिनको तुलनामा ०.२९ प्रतिशत कम हो ।

कारोबारमा आएका समुहहरुमध्ये फाईनान्स र अन्य समुहको सूचक बढ्यो भने अरु सबै समुहको सूचक घट्यो । आइतवार सबैभन्दा धेरै उत्पादन क्षेत्रको सूचक घट्यो ।

उत्पादन क्षेत्रको सूचक १.१३ प्रतिशतले घट्यो । त्यस्तै जलविद्युतको ०.७९ प्रतिशत, जीवन बिमाको ०.६२ प्रतिशतले घट्यो भने अन्यको सामान्य अंकले घट्यो ।

आइतवार १ सय ६६ कम्पनीको ११ लाख १९ हजार ५ सय ६३ कित्ता शेयर किनबेच हुदाँ २९ करोड ८१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धरै स्वाभीमान लघुवित्त वित्तिय संस्थाका शेयर धनीले कमाए । स्वाभीमानको शेयर मूल्य ५.५० प्रतिशतले बढ्यो । त्यस्तै, बहुउद्देश्य फाइनान्स कम्पनीको शेयर मूल्य ५ प्रतिशत र माहुली सामुदायीक लघुवित्तको शेयर मूल्य ३.१० प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनियन हाईड्रोपावर लिमीटेडका शेयर धनी रहेका छन् । यूनियनको शेयर मूल्य ९.६४ प्रतिशतले घट्यो । त्यस्तै ंदिव्यश्वरी हाइड्रोपावरको ६.७५ प्रतिशत, नबील इक्यूटी फन्डको ४.०८ प्रतिशतले घट्यो ।

आइतबार सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सिभील बैंक रहेको छ । बैंकले २ करोड ६४ लाख ६१ हजारको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here