श्वेतगंगा हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौं, १८ साउन । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओ बाँडफाँड भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड गरेको हो ।

कम्पनीले साउन ४ गतेदेखि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने प्रतिशेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

आइपीओमा आवेदकबाट परेको १ करोड ७० लाख १५ हजार ७९० कित्ता शेयर मात्र सदर भएको छ। बाँकी ४ हजार ४४० आवेदकबाट माग भएको ५७ हजार ८० कित्ता बदर भएको छ।

जसअनुसार भाग्यमानी २ लाख २७ हजार २ जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

तिनैमध्ये २० कित्तादेखि ५ हजार कित्तासम्म आवेदन दिने भाग्यमानी ५ जनाले थप १–१ सेयर पाएका छन्।

आइपीपीओ निष्कासनका लागि गराएको रेटिङ्ङमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड २० लाख रहेको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, सानिमा क्यापिटल लिमिटेडको वेबसाइट र श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here