बाल सुधार गृहलाइ एनसीसी बैंकको सहयोग, पुस्तकालय बनाउन ५ लाख

५ साउन, काठमाडौं । एनसीसी बैंकले भक्तपुर जिल्लाको बाल सुधार गृहलाई रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

बाल सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम बालगृहलाई दिएको हो ।

उक्त रकम एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले बाल गृह प्रशासक बिपिन आर्चायलाई हस्तान्तरण गरेका थिए ।

उक्त बालगृह नेपाल सरकारका लागि युसेप नेपालको व्यवस्थापनमा सञ्चालित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here