एकैदिन ९१५ जनामा कोरोना पुष्टी, काठमाडौं उपत्यकामा ४२२ संक्रमित थपिए

काठमाडौं, १८ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८८ हजार ६५२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७० हजार ५२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५४३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७० पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४२२ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३३७, भक्तपुरमा ३२ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here