दुईपटक घटेर आउँदा पनि निगम भन्छ-‘मासिक घाटा १ अर्ब २७ करोड छ, मूल्य घट्दैन’

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ ।

निगमलाई बुधवार विज्ञप्ति निकाल्दै अझै १५ दिनमा करिब ६३ करोड ५८ लाख रुपैयाँ र मासिक एक अर्ब २७ करोड घाटा हुने र पुरानो बक्यौता तिर्न बाँकी रहेको भाउ नघटाउने जानकारी दिएको हो ।

भारतबाट नेपालमा आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा दुईपटक रकम घटिसक्दा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै आलोचना भइरहेको छ ।

‘साउन १६ गते प्राप्त मूल्यसूची बमोजिम निगमलाई प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ७८ पैसा नाफा, डिजेलमा ९ रुपैयाँ ३७ पैसा घाटा, मट्टितेल तथा हवाई इन्धमा केही नाफा तथा एल.पी ग्यासमा प्रतिसिलण्डर ४९९ रुपैयाँ ५७ पैसा घाटा भई समग्रमा अझै पनि निगमलाई १५ दिनमा करिब ६३.५८ करोड (मासिक एक अर्ब २७ करोड रुपैयाँ) घाटा हुने स्थिति देखिएको पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था निगमसामु रहेको छ ।’ निगमलेको विज्ञप्तिमा उल्लेख छ ।

इन्धन खरिद गरेबापत आईओसीलाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । महँगो इन्धनको खपत कम गर्नका लागि सर्वसाधरणलाई निगमले अनुरोध समेत गरेको छ ।

आइओसीले साउन १६ गते पठाएको नयाँ मूल्य सूचीअनुसार आइओसीले पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल÷मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटपछि दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको हो । नेपाल आयाल निगमका अनुसार अघिल्लो पटक जुलाई १५ तारिखमा पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसाले मूल्य घटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here