कृषि विकास बैंककाे खुद नाफामा गिरावट, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, १९ साउन । कृषि विकास बैंककाे खुद नाफामा गिरावट आएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २३.७४ प्रतिशतले घटेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८३ करोड कम हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढे पनि सञ्चालन मुनाफा घट्दा बैंकको नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेर ७ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १८.२५ प्रतिशतले घटेर ४ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको छ ।

हाल १८ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब २२ करोड, रिटेन्ड अर्निङमा ३ अर्ब ९० करोड रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले करिब २१ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी १२.७२ रुपैयाँ घटेर १७.९३ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २१२.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.४६ गुणा, खराब कर्जा १.६८ प्रतिशत, बेसरेट ८.९० प्रतिशत, स्प्रेडदर ४.३७ प्रतिशत र सीडी रेसियो ८९.१७ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here