जीवन विकास लघुवित्तको नाफा १३ प्रतिशतले वृद्धि

काठमाडौं, १९ साउन । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १३.३९ प्रतिशतले घटेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ बढी हो । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा लघुवित्तको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११२.९७ प्रतिशतले बढेर ८१ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले ९ अर्ब ५४ करोड करोड निक्षेप संकलन र १० अर्ब ८ करोड सापटी लिइ कुल २३ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ । हाल १अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७५.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६९.५१ रुपैयाँ, खराब कर्जा ०.९१ प्रतिशत र मूल्य आम्दानी अनुपात ३५.७० गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here