मंसिर ४ गते एकै चरणमा आम निर्वाचन गर्ने सरकारको घोषणा

काठमाडौं, १९ साउन । सरकारले एकै चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले गत असारमै सरकारलाई मंसिर २ गते निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको थियो ।

निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको गरेको हो।

प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग यसअघि नै परामर्श गरिसकेका थिए।

निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ मै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ को चुनावको मिति प्रस्ताव गरेको थियो ।

तर सरकारले आयोगलाई तयारीका लागि १०९ दिन दिँदै मंसिर ४ गतेका लागि आम चुनावको मिति घोषणा गरेको हो । यो वीचमै दशैं लगायतका चाडपर्व पनि पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here