उच्च अंकले घट्यो नेप्से, सबै समूहको परिसूचक राताम्मे

काठमाडौं, १९ साउन । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ३८.६१ अंकले घटेर २१४८.१६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २१५ कम्पनीको ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको ८५ लाख ६९ हजार ५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएको छ ।

उच्च अंकले घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बलेफी हाइड्रोपार लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

युनाइटेड इदीमर्दी आरबी हाइड्रोपारको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ९.५२ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, हिमाल दोलखा ५.३०, साल्ट ट्रेडिङ ५.१५, विशाल बजार ५, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मैलुङ खोला, युनाइटेड मोदी र लुम्बिनी विकास बैंकको शेयर मूल्य साढे ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यसको आज २५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

हिमालय डिस्टिलरीको १३ करोड १७ लाख र अपी पावरको १२ करोड ७९ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here