थप ७६० जनामा कोरोना पुष्टी, ३२४ जना संक्रमण मुक्त

काठमाडौं, १९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८८ हजार ८२१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७१ हजार २५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५६०२ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here