अर्थ सचिव मरासिनी प्रधानमन्त्री कार्यालय तानिए, पुष्करलाई जिम्मेवारी

काठमाडौं, १९ साउन । सरकारले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले तत्कालका लागि कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिँदै मरासिनीलाई सरुवा गरेको हो ।

राजस्व सचिव समेत रहेका पुष्करले अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने भएका छन् ।

मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजीर नभई विदामा बसेका थिए । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न भएको तथा बजेट निर्माण हुने समयमा सीसीटिभी फुटेज डिलिट भएपछि अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव विवादमा रहेका थिए ।

जनार्दन शर्मा मन्त्री भएर आएपछि मारसिनी मन्त्रालयमा आउन मानेका थिएनन् ।

अर्थसचिवले स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here