वाणिज्य बैंकहरूको नाफा २२ प्रतिशत बढ्यो, धेरै कमाउने ग्लोबल आइएमई बैंक

काठमाडौं । वाणिज्य बैंकहरूले धमाधम गत आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् ।

बिहीबारसम्म १९ वटा वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । भने ७ वटाको मात्र बाँकी रहेको छ । यस अवधिमा कुल ५३ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यो अघिल्लो आव २०७७/७८ को तुलनामा ९ अर्ब ६७ करोड ३८ लाख रुपैयाँ अर्थात् २२ प्रतिशतले बढी हो । अघिल्लो आवमा यी बैंकहरूले ४३ अर्ब ९६ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाहरु मध्ये ग्लोबल आईएमई बैंकले आव २०७८-०७९ मा ५ अर्ब २० करोड ६४ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा एनआईसी एसियाले ४ अर्ब ५२ करोड ६४ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा यी दुई बैंकहरुको यस्तो नाफा क्रमश ४ अर्ब १६ करोड ५१ लाख ५२ हजार र ३ अर्ब २५ करोड ९९ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले भने आव २०७८-०७९ मा चार अर्ब आठ करोड ६३ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा एनएमबी बैंकले ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

अघिल्लो आवमा यि दुई बैंकहरुको यस्तो नाफा क्रमशः ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार र दुई अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, सबैभन्दा कम कम नाफा कमाउनेमा लक्ष्मी बैंक रहेको छ । लक्ष्मीले गत वर्ष १ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ । विवरण सार्वजनिक गर्ने बैंकहरू मध्ये कृृषि विकास, हिमालयन र सानिमाको खुद नाफामा गिरावट आएको छ ।

सबैभन्दा धेरै कृषि विकास बैंकको ८३ करोड ७४ लाख अर्थात २६.१६ प्रतिशतले नाफा घटेको छ । यस बैंकले गत वर्ष २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने अघिल्लो वर्ष ३ अर्ब २० करोड १५ लाख रुपैयाँ कमाएको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले भने आव २०७८-०७९ मा चार अर्ब आठ करोड ६३ लाख ८४ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा एनएमबी बैंकले ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

अघिल्लो आवमा यि दुई बैंकहरुको यस्तो नाफा क्रमशः ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार र दुई अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

प्राइम कर्मसियल बैंकले भने आर्थिक २०७८-०७९ मा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सिद्धार्थ बैंकले ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवमा यी दुई बैंकहरुको यस्तो नाफा क्रमश : ३ अर्ब २६ करोड ८४ लाख र २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here