चीनले डाटा लिने त्रासमा बेलायतको संसदले बन्द गर्‍यो टिकटक खाता

काठमाडौं । बेलायती संसदले आफ्नो टिकटक एकाउन्ट बन्द गरेको छ । सांसदहरूले डाटा चिनियाँ सरकारमा जाने जोखिमबारे चिन्ता व्यक्त गरेसँगै आफ्नो टिकटक बन्द गरेको हो । संसदले आफ्ना सम्पूर्ण सामग्री डिलिट गर्नुका साथै टिकटक लक गरेको हो ।

टिकटकले चीनलाई कुनै पनि डाटा हस्तान्तरण नगर्ने विश्वसनीय आश्वासन नदिएसम्म वरिष्ठ सांसद र साथीहरूले टिकटक खाता हटाउन आग्रह गरेका हुन् ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा छ । यता कम्पनीले भने आफु चिनियाँ सरकारको नियन्त्रणमा रहेको कुरा अस्वीकार गरेको छ।

लन्डन र बेइजिङ बीचको सम्बन्ध हालका वर्षहरूमा त्यती राम्रो छैन । चीनले गत वर्ष धेरै सांसदहरूलाई प्रतिबन्ध लगाएपछि तनाव बढेको हो । सदस्यहरूको प्रतिक्रियाको आधारमा, युके संसदको टिकटक खाता योजना गरेको भन्दा पहिले बन्द गर्दैछौ बेलायती संसदका प्रवक्ताले भने।

संसदको बारेमा सान्दर्भिक सामग्रीको साथ युवा दर्शकहरूमा पुग्ने माध्यमको रूपमा प्लेटफर्मको परीक्षण गरिएको थियो ।

टिकटकका एक प्रवक्ताले युकेको यो कदम निराशाजनक रहेको बताइन् । साथै चिन्ता व्यक्त गर्ने सांसदहरूलाई आश्वस्त पार्ने प्रस्ताव राख्दै, प्रवक्ताले टिकटक हाम्रो प्लेटफर्मको बारेमा कुनै पनि अशुद्धताहरू स्पष्ट गर्न इच्छुक रहेको जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here