सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल

फाइलफोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।

तालमेलका लागि सिट बाँडफाड गर्न ११ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा गठबन्धनमा रहेका पाँचै दलका नेताहरु सदस्य रहेका छन् ।

जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन्।

नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी ९जसपा० बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन्।

राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्। उनीहरुलाई भदौभित्र सिट बाँडफाँडको निर्णयसहित प्रतिवेदन दिन भनिएको छ।

प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्। जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी ४ दललाई ७० सिटबाट भागवण्डा लगाउने मनस्थिति बनाएको छ।

तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन्। प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here