ओलीको कटाक्ष-‘प्रधानन्यायाधीशलाई खेलौना बनाइयो, महाअभियोगमा डामेर छाड्न मिल्छ ?’

काठमाडौं, २० साउन । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गर्दै आक्रोशित भएका हुन् ।

कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले भने, प्रस्ताव ६ महिनासम्म एक पाइला अघि वढाउँदैन। प्रधानन्यायाधीश माथिको महाअभियोग खेलानौ हो?’

‘आफ्नो टेवलमा महाभियोग प्रस्ताव आएपछि छिनोफानो गर्न पर्दैन? यसमा आफ्नो पक्षमा हुँदैन भन्दैमा सत्ता गठवन्धनको इसारामा छिनोफानो नगर्ने कार्य सभामुखले गर्न मिल्छ?’ ओलीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here