पशुपतिमा पानी र शौचालयको व्यवस्थापन सुधार्न पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं, २१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पशुपति मन्दिर क्षेत्रमा पानी, बिजुली र शौचालयको व्यवस्थापनमा सुधार गर्न निर्देशन दिएका छन् ।

पशुपति क्षेत्रको अवलोकन तथा निरीक्षणका लागि सनिबार विहानै त्यहाँ पुगेका घाट व्यवस्थापनबारे पनि जानकारी लिएका छन् भने सरसफाइको अवस्थामा चिन्ता व्यक्त गरेका छन् ।

सो अवसरमा श्रेष्ठले पशुपति क्षेत्र तथा मन्दिर परिसरको सरसफाईमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशनसमेत दिए । साथै भक्तजन, तीर्थयात्री, पैदलयात्री एवं पर्यटकलाई सहज हुने गरी सबै प्रवन्ध मिलाउन पनि उनले निर्देशन दिएका छन् ।

पशुपति क्षेत्रमा पसल तथा कवल, खानेपानी तथा सवारीको व्यवस्थापन अझै उचित रुपमा हुन सकेको छैन ।

मन्त्री श्रेष्ठले पुनर्निर्माण भइरहेका सम्पदा स्थलहरु, विश्वरुपा मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठ मन्दिर, स्तूप, सत्तल लगायत स्थलको अवलोकन गरेका हुन् ।

सरकारले पशुपति क्षेत्र सुधार कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा समेत राखेको छ । त्यसैअनुसार पशुपति क्षेत्रको बृहत्तर सुधार कार्यक्रम तथा पुनःनिर्माण कार्य भइरहेको कोषका सदस्यसचिव डा. मिलन कुमार थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here