सरकार-निजी क्षेत्र विवाद समाधान उन्मुख, समिति गठन

काठमाडौं, ५ साउन । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएका विभिन्न प्रावधानमा असहमति जनाएका निजी क्षेत्र र सरकारबीच समस्या समाधानको पहल शुरु भएको छ ।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा नेतृत्वको टोलीले अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष भेट गर्यो ।

भेटपछि सरकार र निजी क्षेत्र एक समिति गठन गरी समस्या समाधान गर्ने निष्कर्षमा पुगेका हुन् ।

खागसरी सरकारले नयाँ आर्थिक वर्ष २०७६ देखि उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रस“ग सम्बन्धित आर्थिक ऐनले गरेका व्यवस्थाबाट उत्पन्न समस्याका विषयमा भेटमा छलफल भएको महासंघले जानकारी दिएको छ ।

सरकारी नीतिप्रति असहमति जनाउँदै निजी क्षेत्र आन्दोलिन बनेपछि प्रधानमन्त्री केपि शर्मा ओलीले पनि चासो दिएका थिए ।

शुक्रबार प्रधानमन्त्रीले अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र महासंघ अध्यक्ष भवानी राणा समेतसँग छलफल गरी समस्या समाधान गर्न आग्रह गरेका थिए । सोहीअनुसार आइतबार अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल भएको हो ।

आइतबारबाट छलफलबाट अर्थ मन्त्रालयका २, निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था महासंघका तर्फबाट उपाध्यक्ष्रू किशोर कुमार प्रधान र उमेशलाल श्रेष्ठ, नेउवामहासंघको प्रदेश नम्वर तीनका अध्यक्ष दिनेश श्रेष्ठ र एकजना स्वतन्त्र विज्ञ संलग्न एक समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिलाई आगामी शुक्रवारसम्मको कार्यअवधि दिई आर्थिक ऐनको व्यवस्थाबाट हाल उत्पन्न समस्याका विषयमा अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारी दिइएको महासंघले उल्लेख गरेको छ ।

भेटमा महासंघले आर्थिक ऐनमा रहेको केही प्रावधानहरूले उद्योग व्यवसाय गर्न कठिनाई उत्पन्न हुने भएकाले मुलुक भित्र उद्योग व्यवसायको वातावरण बनाउन मालसामानको विवरण वेभमा आधारित वेव बेस भेइकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम, स्थायी लेखा नम्वरको विषय, ढुवानीमा भ्याटको विषय लगायतलाई सरकारले तत्काल सम्बोधन गर्न आग्रह गरेका थिए ।

अर्थमन्त्री डा. खतिवडाले आर्थिक ऐनका व्यवस्थाबाट निजी क्षेत्रलाई पर्न गएका कठिनाईहरूका विषयमा सरकार गम्भीर रहेको बताएको महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here