नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? यस्तो तोकियो योग्यता

Photo Credit: Getty Images

काठमाडौं, २१ साउन । तपाई नेपालमै रेलको ड्राइभर बन्न चाहनु हुन्छ ? त्यसो हो भने अब आफ्नो करियर यसतर्फ केन्द्रित गर्न सक्नुहुन्छ । किनकी पछिल्लो समय सरकारले रेल पूर्वाधारलाई समेत उच्च प्राथमिकताका साथ अगाडी बढाइरहेको छ ।

सोही अनुसार रेलको चालक र सहचालक बन्ने सम्बन्धी योग्यता समेत तोकिएको छ । सरकारले रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन सार्वजनिक गरेको छ । जस अनुसार चालक र सहचालक बन्न मान्यताप्राप्त शिक्षण संस्थाबाट मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स वा अटोमोवाइल विषयमा डिप्लोमा उत्तिर्ण गरेको हुनुपर्छ । उमेर ४० वर्ष ननाघेको हुनुपर्छ ।

मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालक वा सहचालकको तालिम लिई रेल चलाउन योग्य भएको प्रमाणपत्र समेत तपाईसँग हुनुपर्छ । रेल चालकको हकमा कम्तिमा तीन वर्ष रेलमा सहचालकको रुपमा काम गरेको हुनु पर्छ ।

विदेशी राष्ट्रबाट रेल चालक वा सहचालक अनुमतिपत्र प्राप्त गरेको भए त्यस्तो व्यक्तिले रेल चलाउन आवश्यक कागजी प्रक्रिया पूरा गरी निवेदन दिएमा रेलवे प्रशासकले चालक वा सहचालकको अनुमति पत्रका लागि लाग्ने दस्तुर लिई ऐन बमोजिम अनुपति पत्र दिन सक्ने छ । रेल चालक वा सहचालकले रेल चलाउन आफ्नो अनुमतिपत्र अन्य व्यक्तिलाई दिन भने पाउने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here