नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय यादव, हिसिला यमी उपाध्यक्ष

काठमाडौं । नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्र राय चयन भएका छन्।

शनिबार ललितपुरको बालकुमारीमा बसेको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकले भट्टराई र रायलाई अध्यक्षमा चयन गरेको हो।

जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादवले निष्कासन गरेपछि भट्टराई लगायतले नयाँ पार्टी गठन गरेका हुन्। नयाँ पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्षसहित पदाधिकारीहरू चयन गरेको हो।

बैठकले पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ भने महासचिवमा रमेश यादवलाई चयन गरेको छ ।

बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ । प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, कर्णालीमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा डा। जनक शाह, गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here