सेञ्चुरी बैंकको खुद नाफामा आकर्षण सुधार, चुक्तापूँजी साढे ९ अर्ब माथि

काठमाडौं, २२ साउन । सेञ्चुरी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा आकर्षण सुधार आएको छ ।

चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा १ अर्ब ३५ करोड माथि गएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ६२ करोड रुपैयाँमा सिमित रहेको थियो ।

१ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

यसअवधिमा सेञ्चुरीको खुद ब्याज आम्दानी ३१.६३५ र सञ्चालन नाफा १४२.१२५ ले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म आइपुग्दा सेञ्चुरीको रिजर्भ कोष पनि ३०.५०५ ले बढेर १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको चुक्तापूँजी ९ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । गतवर्षको नाफाबाट मात्र बैंकले साढे ९ प्रतिशत लाभांश दिने क्षमता रहेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप ९८ अर्ब ९५ करोड रुपैयाँ, कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ, पुँजीकोष अनुपात १३.५४ प्रतिशत र खराब कर्जा १.५९ प्रतिशत रहेको छ ।

असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी १४.२१ रुपैयाँ रहेको छ । सेञ्चुरी बैंकले प्रभु बैंकसँग एक्विजेशनमा जाने निर्णय गरेको छ ।

खुद नाफामा सुधार भएसँगै यस बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २४ पैसाले बढेर १४ रुपैयाँ २१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा छ । सेञ्चुरीलाई हाल प्रभु बैंकले एक्वायर गर्ने प्रक्रियामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here