चन्द्रागिरि हिल्स नाफामा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, २२ साउन । चन्द्रागिरि हिल्स लिमिटेडको आम्दानी ह्वात्तै बढेसँगै कम्पनीले नाफा कमाउन थालेको छ ।

पछिल्लो समयमा पर्यटन व्यवसायमा सुधार आएकोले कम्पनीको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि भएकोले नाफा बढ्न थालेको हो ।

हिल्सले सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले २ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी २७ करोड २६ लाख रुपैयाँ घाटामा थियो ।

अघिल्लो वर्षको यसैअवधिमा कम्पनी २७ करोड २६ लाख रुपैयाँ घाटामा थियो ।

असार मसान्तसम्म आइपुग्दा यसले ६६ करोड ९८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २२ करोड १९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यता कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी ७४ लाख ६६ हजार रुपैयाँबाट घटेर ५७ लाख ४३ हजार रुपैयाँमा झरेको छ ।

चौथो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरि हिल्सको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६७ पैसा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा ऋणात्मक थियो । यसको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ २९ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here