काठमाडौं महानगर र ट्राफिक प्रहरीद्वारा संयुक्तरुपमा ‘नो हर्न’ प्रभावकारी अभियान शुरु, अटेर गर्नेलाई कारवाही

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ।

आइतवार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा आजबाट यो अभियान शुरु गरिएको छ ।

सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

अभियान शुभारम्भ गर्दै काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकोले यसलाई प्रभावकारी बनाइन लागेको बताए ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख मिरा चौधरीले नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।

काठमाडौं महानगरले २०७३ चैत्र महिनामा नो हर्न अभियान सञ्चालन गरेको थियो । तर कोरोना लगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी बन्न सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here