ओरालो लागेको शेयर बजारमा ‘ब्रेक’, धेरै बढ्नेमा होटल तथा पर्यटन समूह

काठमाडौं, २२ साउन । शेयर बजार दोहोरोे अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १०.२७ अंकले बढेर २१२३.८२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१९ कम्पनीको २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको को परिसूचक हरियो भएको छ । दोहोरो अंकले बढेको बजारमा होटल तथा पर्यटन समूह २.१६ प्रतिशतले बढेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । मनकामना स्मार्ट लघुसवत्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, तेह्रथुम पावर ९.६५ प्रतिशत, उपकार लघुवित्त ९.१३, गुह्येश्वरी मर्चेन्ट ८.५७, साहस ऊर्जा ६.११, बुद्धभूमि नेपाल ५.९१, मैलुङखोला ५.७१, स्वरोजगार लघुवित्तको शेयर मूल्य ४.११ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सामलिङ पावर कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ ।

यस कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ ।

यसको आज १३ करोड ८९ लाख भन्दा बढीको कारोबार भएको छ । नविल बैंकको १२ करोड ७३ लाखको कारोबार भएको छ । फरवार्ड माइक्रोफाइनान्स झन्डै १० करोडको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here