थप ५५३ जनामा कोरोना पुष्टी, ४३३ जना संक्रमण मुक्त

काठमाडौं, २२ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०४० जनाको पीसीआर परीक्षण गर्दा ४५१ जना र १७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९० हजार १२७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४३३ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७२ हजार ४९७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५६५९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here