हवाई पूर्वाधारमा फड्को, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरीबाट सञ्चालनमा

काठमाडौं, २३ साउन । नेपालको हवाई पूर्वाधारमा नयाँ कोशेढुंगा कायम भएको छ । लगातार दुई वटा राष्ट्रिय गौरवका अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएका छन् । जसमध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेको छ । पोखरा विमानस्थलको समेत सञ्चालन मिति तय भएको छ ।

आइतबार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले पोखरा विमानस्थल आगामी अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा ल्याउने गरी मिति तोकेको हो । यस अनुसार विमानस्थलको सञ्चालन १७ पुस अर्थातः १ जनवरीबाट हुने भएको छ ।

अब नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल तीन वटा पुगेका छन् । काठमाडौंस्थित त्रिभुवन विमानस्थल नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल हो । पोखरामा चीनको सहयोगमा करीव २२ अर्ब रुपैयाँ लागतमा नयाँ विमानस्थल बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here