संसारकै उत्कृष्ट ब्राण्ड बन्याे नेपालकाे ‘हिमालयन डगच्यु’

काठमाडौं, ६ साउन । वल्र्ड ब्राण्ड फोरमको आयोजनामा भएको घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने विश्वभरका कम्पनीका प्रतिष्पर्धामा नेपाली कम्पनी ‘हिमालयन डगच्यु’ पहिलो भएको छ ।

वेलायतको लन्डनमा मुख्य कार्यालय रहेको फोरमले प्रत्येक वर्ष गर्ने अवार्डमा विश्वका घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने विभिन्न ब्राण्डहरुको प्रतिस्पर्धा हुने गर्छ ।

यस पटक अष्ट्रियाको राजधानी भियनास्थित राष्ट्रपती भवनमा अवार्ड कार्यक्रम भएको थियो ।

कार्यक्रममा वल्र्ड ब्राण्ड फोरमका अध्यक्ष रिचार्ड रोवल्स र सिइओ पेटर पेकले हिमालयन डगच्युका अध्यक्ष्य सुजनकुमार श्रेष्ठ र निर्देशक निशेस श्रेष्ठलाई अवार्डबाट सम्मानित गरे ।

विभिन्न ४० विधामा गरिएको प्रतिस्पर्धामा हिमालयन डगच्यु घरपालुवा जनावरहरुको खानाको न्याचुरल ट्रिट्स क्याटेगोरीमा पहिलो भएको हो ।

डगच्यु २०१९–२० को एनिमल एडिसनमा अमेरिका, चीन, रसिया, वेलायत, जर्मन, भारतलगायतका एक सय पचास भन्दा वढी देशका सहभागिता रहेको थियो । ३० लाख भन्दा वढी उद्योगले ४० विधामा प्रतिष्पर्धा गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन श्रेष्ठले यस अवार्डले विश्वलाई नेपाली कम्पनीको विश्वस्तियता र गुणस्तरको विश्वास दिलाउन सफल भएकोमा आफु र आफ्ना कर्मचारीहरु झन उत्साहित भएको वताए ।

१५वर्ष अघिको सपना यस अवार्डले पूरा गर्न तर्फ मद्धत गरेको भन्दै आगामी दिनमा अझ मेहनत गर्दै जाने समेत वताए । सन २००३ मा नेपाली छुर्पीलाई अमेरिका लगी कुकुरको खाना उत्पादन गर्न अध्ययन गरेको थियो ।

सन् २००७ वाट व्यवसायीक रुपमा आफ्ना उत्पादन बजारमा ल्याएको थियो । सुमन श्रेष्ठ, निशेस श्रेष्ठ र सुजनकुमार श्रेष्ठले अमेरिकामा सुरु गरेको यस व्यवसाय हाल अमेरिका, जापान, क्यानडालगायतका देशमा कुकुरको खाना उत्पादन गरि निर्यात गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here