दोधारा चाँदनीको स्थानीयमा आयुर्वेदिक उपचार पद्धतीको पहुँच बढ्दै

दोधारा, २३ साउन । दोधारा चाँदनी नगरपालिकाका स्थानीय बासिन्दाहरुको आर्युेवेदिक उपचारमा पहुँच बढ्दै गएको छ ।

झण्डै १ वर्ष अघि दोधारा चाँदनी नगरपालिकामा स्थानीयहरुको लागि स्वास्थ्यमा सहजताको लागि माहाकाली आरोग्य केन्द्र स्थापना भएसँगै आयुर्वेदिक उपचारमा स्थानीयहरुमा नागरिकहरुको पहुँच बढ्न थालेको हो ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको एक कक्षमा एक वर्ष देखि नागरिक आरोग्य सञ्चालनमा रहेका छन् । महाकाली आयुर्वेद औषधालय महेन्द्रनगर र दोधारा चाँदनी नगपालिका कार्यालयको सहयोगमा दैनिकरुपमा आरोग्य केन्द्र संचालनमा रहेको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ।

पछिल्लो समय आयुर्वेदिक उपचार पद्धतीमा नागरिकहरुको आकर्षण पनि बढ्दै गएको स्थानियहरुले बताउदै आएका छन् ।

उक्त सेवा केन्द्रमा दैनिक २० देखि २५ सम्म सेवाग्राही आउने गरेको आरोग्य केन्द्र दोधारा चाँदनीका वैद्य राजु जोशीले बताएका छन् ।

आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको उनको भनाई रहेको छ् । ‘आयुर्वेद औषधिले अन्य असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको हो ।’

आरोग्य केन्द्र दोधारा चाँदनीका वैद्य राजु जोशीले भने । संघिय सरकारको नीति अनुसार यस कार्यक्रम अनुसार सबै स्थानीय तहमा आयुर्वेदिक उपचारमा स्थानियहरुमा नागरिकहरुको पहुँच बढाउन आरोग्य केन्द्र स्थापना गरिएको बताईएको छ् ।

आरोग्य केन्द्र दोधारा चाँदनीमा एक वैद्य सहित रश्मी कुमारी र अभिशेख पाण्डे अध्यनकर्ता कार्यरत रहेका छन् ।

आयुर्वेदिक उपचार तथा औषधिका लागि भारत तथा सदरमुकाम आउनु पर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् ।

केन्द्रमा ग्यास्ट्रीक, बाथरोग, सुगर, पायल्स लगाएतका रोगीहरु आउने गरेको माहाकाली आरोग्य सेवा केन्द्र दोधारा चाँदनीले जनाएको छ् ।

आरोग्य केन्द्रमा २२ प्रकारका औषधी, उपचारका परामर्श, योग र पञ्चकर्म सेवा अर्न्तगत पुर्व कर्म सेवा उपलब्ध गराईने केन्द्रको कार्यक्रम रहेको बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here