शेयरधनीहरुलाई लाभांश लिन एभरेष्ट बैंकको अनुरोध

काठमाडौं, २४ साउन । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । विभिन्न साधारणसभा बाट पारित नगद लाभांश लिन बैंकले शेयरधनीहरुलाई अनुरोध गरेको हो ।

बैंक आर्थिक बर्ष २०५५/५६ देखि २०७३/७४ सम्ममा प्रस्ताव गरेको नगद लाभांश लिन बाँकी रहेका शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

बैंकबाट लाभांश पुर्जा लिई नगद भुत्तानी लिन बाँकी रहेका शेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण शेयर सम्बन्धी कागजात र आफ्नो प्रमायापत्र लिई बैंकको शेयर शाखामा आई नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको वितरण हुन बाँकी लाभांशको विवरण बैंकको वेबसाईटमा गएर समेत हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here