उच्च अंकले घट्यो शेयर बजार, सबै समूहको परिसूचक राताम्मे

काठमाडौं, २४ साउन । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) ४५.४२ अंकले घटेर २०६०.७३ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २१४ कम्पनीको २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैयाँ बराबरको ६६ लाख ४६ हजार ३६कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोवार रकम पनि घटेको छ । सोमवार २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको कारोवार भएको थियो । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ४.८४ प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज हिमालयन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यसको आज १५ करोड १० लाख भन्दा बढीको कारोवार भएको छ ।

शिवम् सिमेन्टको १३ करोड ८ लाख, हिमालय डिस्टिलरीको १० करोड ७३ लाखको कारोवार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here