व्यापारिक नाका रसुवागढीसँग सम्पर्क टुट्यो, ठूलो पहिरो खुलाउन केही दिन लाग्ने

काठमाडौं । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने बेत्रावती कालिकास्थान तथा बेत्रावती मैलुङ सडकसँगको सम्पर्क टुटेको छ ।

गएराति ठूलो वर्षाका कारण आएको पहिरोले जिल्लाको उत्तरगया गाउँपालिका-५ स्थित बनुवामा कालोपत्रे सडक नै बगाएपछि सम्पर्क टुटेको हो ।

सडक बन्द भएका कारण सदरमुकाम धुन्चे, रसुवागढी नाका, गोसाइँकुण्ड, लाङटाङलगायतका स्थानमा जानका लागि समस्या देखिएको छ । पहिरो खुलाउनका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here