नक्कली विल वनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह सक्रिय,सतर्क रहन आग्रह

काठमाडौं, २५ साउन । नक्कली विल बनाएर नक्कली गरगहना विक्री गर्ने गिरोह काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ ।

उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेको समेत पाइएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहनकाजी शाक्यले बताए ।

उनका अनुसार यस्तो गिरोहले नक्कली पसल खडा गरी त्यसैको नाममा विल समेत वनाएर नक्कली गरगहनालाई सक्कली भन्दै विक्री वितरण गर्ने गरेको पाइएको हो ।

यसै सिलसिलामा ललितपुर सुनचाँदी ब्यवसायी संघको एक प्रतिनिधीमण्डलले बुधबार महासंघमा यस बिषयमा जानकारी गराउँदै यस्ता गविविधिवाट सतर्क रहन सम्पूर्ण सुनचाँदी ब्यवसायी तथा उपभोक्तालाई जानकारी गराउन आग्रह गरेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले अवैध धन्दामा सक्रिय गिरोहको बारेमा महासंघका जानकारी आएको बताउँदै यस्तो गिरोहवाट जोगिन आमब्यवसायी तथा उपभोक्तारुलाई आग्रह गरे ।

पछिल्लो समय यसरी नक्कली विललगायतका कागजात वनाई नक्कली सुनको कारोबार गर्ने गिरोह सक्रिय छ । यस्तो गिरोहले ललिपुर सुनचाँदी ब्यवसायी संघको सदस्य रहेको भन्दै वनेपालगायतका स्थानमा नक्कली गरगहना बिक्री गर्दै हिँडेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here