साढे २ अंकले बढ्यो नेप्से, ३१ करोडको कारोबार

६ साउन, काठमाडौं । केही दिनयता घट्दै आएको नेप्से परिसूचकमा सोमबार सुधार आएको छ ।

सोमबार नेप्से परिसूचक २.४८ अंकले बढेर १ हजार २ सय ७१.२३ अंकमा पुगेको छ ।

प्राय सबै समूहहरुको सूचक बढेको कारण नेप्से परिसूचक नै बढेको हो । र्निजीवन बिमा, जीवन बिमा र सामुहिक लगानी कोषको बाहेक अन्य सबै समूहको परिसूचक बढ्यो ।

सोमबार सबैभन्दा धेरै होटेल समुहको सूचकको बढ्यो । होटलको सूचक ०.८३ प्रतिशतले बढ्यो । त्यस्तै, लघुवित्तको ०.५१, जलविद्युतको ०.४७ प्रतिशतले बढ्यो भने अन्य सुहको सामान्य अंकले बढ्यो ।

सोमबार १ सय ६६ कम्पनीको १० लाख ८४ हजार ५ सय ५३ कित्ता शेयर किनबेच हुदाँ ३१ करोड ६६ दाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबार सबैभन्दा धेरै एनएमबी लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कयाए । एनएमबीको शेयर मूल्य ६.९३ प्रतिशतले बढ्यो । त्यस्तै सर्पोट लघुवित्त वित्तीय संस्थाको ५.६१ प्रतिशत र प्रूडेंशियल ईन्स्योरेन्स कम्पनीको शेयर मूल्य ३.७० प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा माहुली सामुदायीक लघुवित्त वित्तीय संस्थाका शेयर धनी रहेका छन् । माहुलीको शेयर मूल्य ५.७२ प्रतिशतले घट्यो । त्यस्तै, सम्मीट लघुवित्तको ५.०९ प्रतिशत, ग्लोबर आईएमई लघुवित्तको ४.१० प्रतिशतले घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले गरेको छ । नेपाल लाईफले २ करोड ३६ लाख ९८ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here