कृष्णहरी पुष्कर अर्थसचिव, दंगाललाई राजस्व सचिवमा नियुक्ति

काठमाडौं, २६ साउन । सरकारले अर्थ मन्त्रालयमा सचिवहरुको पदलाई पूर्णता दिएको छ । मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि अर्थसचिवको स्थानमा कृष्णहरी पुष्कर नियुक्त भएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई अर्थसचिवमा नियुक्त गरेको हो । पुष्कर यसअघि अर्थ मन्त्रालयमै राजस्व सचिव थिए । बैठकले राजस्व सचिवमा भने रामेश्वर दंगाललाई नियुक्त गरेको छ । उनी सुदुरपश्चिम प्रदेशको प्रमुख सचिव रहेका थिए । उनी यसअघि अर्थ मन्त्रालयका बसेर काम गरिसकेका प्रशासक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here