नेपाल लाइफ लगानी विस्तारमा आक्रामक, बीमा कोष १ खर्ब ३६ अर्ब माथि उक्लियो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

शुक्रवार सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ ।

यो अघिल्लो वर्षको भन्दा ९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पीको खुद बीमा शुल्क ३१ अर्ब ९६ करोड ९३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमाकोष बढेर १ खर्ब ३६ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवमा १ खर्ब १२ अर्ब ५१ करोड रुपैयाँ थियो ।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ छ । त्यस्तै, जगेडा तथा कोषमा २८ करोड ८३ लाख रुपैयाँ र महाविपत्ती कोष जगेडामा ७२ करोड २ लाख रुपैयाँ सञ्चित छ ।

इन्स्योरेन्स लगानी विस्तारमा आक्रामक देखिएको छ । २०७९ असार मसान्तसम्ममा कम्पनीले १ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।

जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा २२.७१ प्रतिशतले बढी हो । २०७८ असारसम्ममा इन्स्योरेन्सले १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी गरेको थियो । उक्त लगानी सुरक्षित क्षेत्रमा गरिएको समेत कम्पनीको दावी छ ।

गत आवमा इन्स्योरेन्स ३५ करोड २७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो आवमा भने कम्पनीले ५३ करोड ५९ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष ७२ प्रतिशतले घटेर २८ करोड ८३ लाख ७० हजार रुपैयाँ, महाविपत्ती कोष २२.३० प्रतिशतले बढेर ७२ करोड २ लाख ८२ हजार रुपैयाँ, ब्यवस्थापन खर्च ०.३० प्रतिशतले घटेर २ अर्ब ४३ करोड १८ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ ।

अभिकर्ता कमिशन १ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड ९९ लाख १३ हजार रुपैयाँ, बीमालेख धितो कर्जा २६.७२ प्रतिशतले बढेर २४ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३० पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here