३५ औं वार्षिक उत्सवमा नबिल बैंकको रक्तदान कार्यक्रम

६ साउन, काठमाडौं । नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सव मनाउने क्रममा गत शनिवार प्रधान कार्यालयमा रक्तदान कार्यक्रम गर्यो ।

कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरेका थिए । ग्रान्डी अस्पतालले देशमा रहेको विद्यमान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको थियो ।

त्यसै गरी, बैंकको ३५ औं वार्षिकोत्सवका विभिन्न समयमा भएको प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु प्रदान गरेका थिए ।

बैंकको ३५ औं वार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना गरेकोमा अध्यक्ष पौड्यालले खुशी व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here