फेसबुक र इन्स्टाग्राममा अब निर्धक्क गोप्य कुराकानी गर्न सकिने, कम्पनीलाई समेत हुदैन जानकारी

काठमाडौं । मेटाले फेसबुक र इन्स्टाग्राममा गोप्य कुराकानी गर्न इनक्रिप्सन सेवा प्रदान गर्न शुरु गरेको छ । गोप्य कुराकानी ‘सेक्रेट कन्भर्सेसन’ फिचरमार्फत प्रयोगकर्तालाई सो सेवा दिएको बताएको हो । यसका लागि प्रयोगकर्ताले सेक्रेट कन्भर्सेसनको च्याटबक्स क्रियट गर्नुपर्छ । जो व्यक्तिसँग कुराकानी गर्ने हो उसलाई इन्भाइट गरेर च्याट बक्स क्रियट गर्न सकिन्छ ।

यसरी गरिएको कुराकानी कम्पनी स्वयंमलाई पनि थाहा नहुने बताइएको छ । कम्पनीले अब फेसबुकमा गोप्य कुराकानीलाई थप सहज बनाउन मेसेन्जरमा डिफल्ट फिचरको रुपमा इन्ड(टु(इन्ड इन्क्रिप्सन सेवा दिनको लागि परीक्षण गरिरहेको छ ।

कम्पनीले यही हप्तादेखि मेसेन्जरमा केही सीमित प्रयोगकर्तामाझ यो फिचरको परीक्षण गर्ने बताएको छ । डिफल्ट रुपमा उपलब्ध हुने ‘इन्ड टु इन्ड’ इन्क्रिप्सन फिचरले प्रयोगकर्तालाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको बुझाइ छ । यसले इन्स्टाग्राममा इन्क्रिप्टेड सन्देशहरू र कलहरूको परीक्षणहरू विस्तार गर्ने योजना पनि बनाइरहेको छ।

यो फिचरमा कम्पनी आफुले समेत प्रयोगकर्ताको कुराकानीको कुनै पनि रेकर्ड राख्नन सक्दैन् । डिजिटल कुराकानीलाई सुरक्षित तथा ह्याक हुनबाट बचाउने कम्पनीको दाबी छ ।

कम्पनीले आफ्ना प्लेटफर्महरूमा इन्ड-टु-इन्ड इन्क्रिप्सन विस्तार र सुधार गर्न वर्षौंदेखि काम गरिरहेको थियोे । सन्देशहरू कुराकानीका सदस्यहरूले मात्र हेर्न मिल्ने र कम्पनीद्वारा पहुँचयोग्य नहुने कुरा सुनिश्चित गर्ने उद्देश्यसहित परीक्षण गरेको हो ।

मेसेन्जरमा भने यो फिचर उपलब्ध नगराएको भन्दै प्रयोगकर्ताहरूले मेटाको आलोचना गरिरहेका थिए । लामो समयको आलोचनापछि अब भने कम्पनीले डिफल्ट रुपमा यो फिचर उपलब्ध गराउने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here