देशका विभिन्न भागमा वर्षा, काठमाडौंका नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, २९ साउन । आइतवार बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, वाग्मती प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौं उपत्यकामा गएरातीको भारी वर्षाका कारण नदीनाला बढेको छ ।

काठमाडौंका केहि ठाउँमा शनिबार दिउँसोदेखि नै पानी परेकोमा राती सबैजसो ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती ३ देखि ६ घण्टासम्म काठमाडौंका सबैजसो ठाउँमा लगातार भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा नदीमा ठूलो बाढी आएको छ । विष्णुमती, वाग्मती, धोवीखोला, मनोहरा, हनुमन्ते र गोदावरी खोलामा बाढी आएको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ ।

विहान ५ बजे मनोहरा बालकुमारीको जल सतह साढे ३ मिटर माथी पुगेको छ। सडक तथा नदी किनाराका बस्ती र यात्रा गर्दा उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ ।

साउन २९ गते (आइतबार)

दिउँसो : देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साउन ३० गते (सोमबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गणडकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साउन ३१ गते (मंगलबार)

दिउँसो : देशभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here