भारतीय शेयर बजारका बादशाह राकेश झुनझुनवालाको अल्पायुमै निधन

नयाँ दिल्ली, २९ साउन । भारतीय शेयर बजारका बादशाह मानिने राकेश झुनझुनवालाको अल्पायुमै निधन भएको छ । उनको ६२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा दुख व्यक्त गरेका छन् । उनी बिरामी भएपछि मुम्बईको ब्रीच अस्पतालमा भर्ना भएका थिए । झुनझुनवालालाई अस्पतालले २ हप्ताअघि डिस्चार्ज गरेको थियो । तर, स्वास्थ्यमा समस्या भएपछि उनी आइतवार बिहान पौने ७ बजे पुनः अस्पताल भर्ना भएका थिए ।

लगत्तै उनको निधन भएको अस्पतालले पुष्टी गरेको छ । उनी भारतीय शेयर बजारका उदाहरणीय खेलाडी मानिन्छन् । मात्र ५ हजार रुपैया लगानी गरी बजार छिरेका उनले भारतमा आफुलाई ‘वारेन बफेट’का नामबाट चिलाउन सफल भए ।

उनले शेयरबजारबाट अर्बौं रुपैया आर्जन गरेका थिए । उनले अहिले लगानी बिस्तार गरिकसका छन् । जसमधये एक एयरलाइन्स उद्योग हो । उनको स्वास्थ्य अवस्थाबारे धेरै विषय सार्वजनिक भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here