अभियान लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, ३० साउन । अभियान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा सोमवार बिहान आइपीओ बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ९१ हजार ३७५ जनाले १० कित्ताका दरले सेयर हात परेका छन् भने १८ लाख ८७ हजार २१९ जनाको हात रित्तो भएको छ ।

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्बसाधारणलाई आइपीओ विक्री खुला गरेको थियो । कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गरेको थियो ।

जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ भने आइपीओ निष्काशनपछि २५ करोड रुपैयाँ पुग्नेछ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट www.muktinathcapital.com वेबसाइट र www.aviyanlaghubitta.com को वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here