सिरहाका बाढी पीडितलाई एभरेष्ट बैंकको सहयोग

काठमाडौं, ६ साउन । एभरेष्ट बैंकले सिरहाका बाढी पीडितलाई राहत सामग्री बितरण गरेको छ ।

बैंकले सिरहा पटेर्वाका बाढी पीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न राहत सामग्री बितरण गरेको हो ।

बैंकले राहतका लागि ओमेन फ्रेण्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई शुक्रबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरिक्षक सोम गुरुङलगायतको सहभागिता थियो ।

उक्त रकमबाट स्थानीय बाढी प्रभावितलाई राहत सामग्री बितरण गरिने बताइएको छ ।

एभरेष्ट बैंकले ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here